१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बिहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

एमसीसीमाथिको छलफल प्रक्रिया सुरू हुने सम्भावना

169
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ ।

एसीसी सम्झौतामाथि छलफल प्रक्रिया सुरू गर्ने गरी बिहीबार डाकिएको बैठक सरकारको आग्रहमा आज दिउँसोका लागि सारिएको हो ।

सत्तारुढ घटकहरुले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम घडीमा बैठक स्थगित गर्न आग्रह गर्नुभएको थियो ।

आज पनि एमसीसीमाथि छलफल र मतदानको प्रक्रिया अघि बढ्ने अवस्थामा मात्रै संसद बैठक बस्ने बताइएको छ ।

अहिलेकै अवस्थामा बैठक राखेर एमसीसी अघि बढाउँदा असफल हुने पक्का छ । सरकारको प्रस्ताव असफल भएको खण्डमा प्रधानमन्त्री देउवामाथि पदत्यागका लागि दबाव पर्ने भएकाले सरकार त्यो खतरा मोल्न तयार छैन ।

सभामुख अग्नि सापकोटा समेत एमसीसीको विपक्षमा रहेकाले एमसीसी पारित हुने पक्का नभई प्रक्रिया अघि बढाउने पक्षमा प्रधानमन्त्री देउवा हुनुहुन्न ।