१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमसीसीमा चर्को मतभेद हुँदा सत्ता गठबन्धन धरापमा

कांग्रेस र एमाले सहमति नजिक, आज निर्णायक छलफल हुँदै

156
Shares

काठमाडौं । एमसीसी सम्झौतामा मतभदे बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ ।

नयाँ गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) निर्णायक संवादमा जुटेका छन् । अर्कोतर्फ बामपन्थी गठबन्धन बनाउनका लागि पनि प्रयास सुरू भएको छ ।

अब एमसीसी र नयाँ गठबन्धन छनौटको मौका नेकपा एमालेलाई जुरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार सामूहिक र एक्लाएक्लै छलफल भएको छ । दुई पक्षीय वार्ता सहमति नजिक पुगेको बताइएको छ । सहमतिको खाका तयार पार्न आज फेरि छलफल हुने पनि बुझिएको छ ।

बिहीबार साँझ बालुवाटारमा भएको बैठकमा सामूहिक छलफलपछि देउवा र ओलीबीच एक्लाएक्लै छलफल भएको थियो । कांग्रेस र एमालेबीच सभामुख हटाउने विषयमा सहमति भएको बुझिएको छ ।

ओलीले ‘माओवादीलाई कहिले तपाईंहरूले बोक्ने, कहिले हामीले बोक्ने नगरौं’ भन्ने प्रस्ताव कांग्रेस समक्ष राख्नुभएको थियो । त्यसपछि ओलीको प्रस्तावमा प्रधानमन्त्री देउवाले सहमति जनाएको बुझिएको छ ।

प्रधानमन्त्री देउवाले एमाले र कांग्रेस मिलेर देशलाई निकास दिनुपर्ने प्रस्ताव पनि राख्नुभएको बुझिएको छ । दुई दलका नेताहरु अहिले बिहानैदेखि छलफलमा जुट्दैछन् ।