
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ ।
एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।
सो बैठकमा एमसीसीसँगै विधान अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने सो पार्टीका संघीय परिषदका सदस्य प्रदिप घतालले ईमेजखबरलाई बताउनुभयो ।
राष्ट्रिय बहस बनेको एमसीसी सम्झौताका विषायमा अनिर्णित हुन नहुने भन्दै पार्टी संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले दवाव दिएपछि केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवले साे बैठक बोलाउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्