
काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एकैदिन २५ सय रुपैयाँले सुनको मूल्य बढेको थियो ।
तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्