२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सर्लाहीमा एक क्रसर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति


65
Shares

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिका–८ मा एक क्रसर उद्योगमा आगलागी भएको छ ।

बिहिबार बेलुका करिब ८ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

सो आगलागीले अलकत्रा मिसाउने मेसिन जलेर नष्ट भएकाे सर्लाहीको हरिपुर नगरपालिका–८ का सूचना अधिकारी रुपलाल देवकोटाले ईजखबरलाई बताउनुभयो । सो मेसिनसहित करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो ।

स्थानीयबासी र प्रहरीको प्रयासमा सो आगो नियन्त्रणमा आएको उहाँको भनाइ छ ।