
‘काठमाडौं । बलिउडका बादशाह शाहरुखान र गौरी खानका छोरा आर्यन खानले बलिउड डेब्यू नगर्ने भएका छन् ।
सम्पूर्ण बलिउड उनको डेब्यूको प्रतिक्षा गरिरहेको छ । तर, उनले आफ्नो रूचि फिल्म खेल्नु नभएको बताएका छन् । उनी लेखक बन्न चाहको उनले बताएका छन् ।
१९९७ नोभेम्बर १३ मा नई दिल्ली भारतमा जन्मिएका आर्यनको एक भाई र एक बहिनी पनि छन् ।
अब, चाँडै नै उनले एक वेब सिरिजबाट लेखकको रुपमा डेब्यू गर्न लागेको भारतीय सञ्चार माध्यमले बताएको छ । आर्यनले आफ्नो पढाई सर्दन क्यालिफोर्नियाबाट पुरा गरेका छन् । उनीसँग फाइन आर्टस्, सिनेम्याटिक आर्टस्, फिल्म एन्ड टेलिभजन प्रोडक्सनमा ब्याचलर डिग्री पनि गरेका छन् । अब उनले आफ्नो पढाईलाई कामबाट देखाउने भएका छन् ।

आर्यनको यो वेब सिरिजको यहि वर्ष छांयाकन हुने बताइएको छ । आर्यनको यो लेखाइमा उनलाई बिललल सिद्दिकीले सघाएका छन् । यस वेब सिरीजमा जिद्दी फ्यानको कहानी देखाइने छ ।
आर्यन खानले २०२१ मा धेरै कठिनाइहरुको सामना गर्नु परेकोे थियो । २४ वर्षीय आर्यन खानलाई २०२१ अक्टोबर २ मा मुम्बईबाट गोवा जादैँ गरेको क्रुज जहाजमा समातिएको थियोे । उनीमाथी ‘लागुऔषध नियन्त्रण ब्यूरो’ ले अवैध पदार्थ राख्ने, सेवन र बिक्रि गर्ने सम्बन्धमा समातिएको थियो । तर, आर्यनले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । उनी २५ दिनपछि जेलमुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्