१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमसीसीमा माओवादीको अडान कायमै,सत्ता गठबन्धनको बैठक राख्न आग्रह


481
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी पास नगर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको एमसीसीका विषयमा आन्तरिक छलफल पश्चात यस्तो निर्णय भएको हो । आज शुक्रबार बिहान नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको शीर्ष नेताहरुको बैठकले संशोधन नगरी एमसीसी पारित गर्न नसकिने निष्कर्ष निकालेको माओवादीका प्रमुख सचेतक देव गुरुङले ईमेजखबरलाई बताउनुभयो ।

एमसीसीका विषयमा थप छलफल गर्न सत्ता गठबन्धनको बैठकका लागि आग्रह गर्ने निर्णय भएको उहाँले बताउनु भएकाे छ।त्यस्तै, सो बैठकले सत्ता गठबन्धन कायम राख्न पहल गर्ने निर्णयसमेत गरेकोछ । हाल जनमत एमसीसीको विपक्षमा भएकाे अवस्थामा एमसीसी संशोधन नगरी पारित गर्न हुँदैन भन्ने पार्टीकाे स्पष्ट अडान रहेको उहाँको भनाइ छ ।