
फाइल तस्बिर
एजेन्सी । रुसी सेनाले दर्जनौं नागरिक स्थललाई निशाना बनाएको युक्रेनको आन्तरिक मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
‘रुसीहरूले नागरिक स्थलमा प्रहार नगरेको बताए पनि पछिल्लो २४ घण्टामा ३३ वटा नागरिक स्थलमा आक्रमण भएको छ,’ भ्याडिम डेनिसेन्कोले रोयटर्स समाचार एजेन्सीलाई भने ।
बिहीबार आक्रमण सुरु भएदेखि नै युक्रेनको उत्तर, पूर्व र दक्षिणका धेरै स्थानबाट तीव्र गतिमा अघि बढ्दै रुसी सेना युक्रेनको राजधानी कीभमा प्रवेश गरेको छ ।
युक्रेनी अधिकारीहरूले रूसी अपरेटिभहरू पहिले नै शहरमा भएको बताउँदै स्थानीयलाई पेट्रोल बमसँग लड्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्