
एजेन्सी । युक्रेनको रक्षा मन्त्रालयले उमेरको परवाह नगरी सेनामा भर्ति हुन आह्वान गरेको छ ।
त्यहाँको रक्षा बलले ट्वीट गर्दै आफ्ना सबै नागरिकलाई सेनामा सामेल हुन आह्वान गरेको हो । सेनाका कमाण्डर युरी गालुस्किनले जारी गरेको ट्वीटमा नाबालिगहरूलाई सेनामा सामेल गरिने उल्लेख गरिएको छ ।
‘आज, युक्रेनलाई सबै कुरा चाहिन्छ, सामेल हुने सबै प्रक्रियाहरू सरलीकृत छन्,’ ट्वीटमा भनिएको छ, ‘तपाईंको राहदानी र पहिचान नम्बर मात्र ल्याउनुहोस्, कुनै उमेर प्रतिबन्धहरू छैनन् ।’
युक्रेनको रक्षा मन्त्रालयको यो ट्वीले त्यहाँको अवस्था कस्तो छ भन्ने बयान गरिरहेको छ । रुसी सेनाको आक्रमणपछि युक्रेनबाट लाखौं मानिसले देश छोडिसकेका छन् ।
युक्रेनी सरकारले १६ वर्षदेखि ६० वर्षसम्मका मानिसलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जेलेनेस्कीले देशका लागि हरेक नागरिकले लड्नुपर्ने बताउँदै आएका छन् ।
✅Офіційна заява Командувача Сил ТрО Юрія Галушкіна:
— Defence of Ukraine (@DefenceU) February 25, 2022
‼️Сьогодні Україні потрібні всі. Всі процедури приєднання до ТрО спрощені. З собою мати лише паспорт та ідентифікаційний код. Вікових обмежень немає.
Якщо у вас на місцях будуть проблеми, посилайтесь на цю офіційну заяву.
प्रतिक्रिया दिनुहोस्