
एजेन्सी । रुसले बेलायतसँग जोडिएका सबै विमानलाई आफ्नो हवाई क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी ध्वजबाहक एरोफ्लोटलाई बेलायतमा अवतरण गर्न रोकेसँगै रुसले बेलायतसँग जोडिएका विमानलाई हवाई क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
‘बेलायतसँग जोडिएको वा दर्ता गरिएको संस्थाको स्वामित्वमा रहेको, भाडामा लिइएको वा सञ्चालनमा रहेका विमानहरूको उडानका लागि रूसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको छ,’ रुसी उड्डयन प्राधिकरणद्वारा जारी आदेशमा भनिएको छ ।
रुसले बेलायतको कदमलाई ‘बेलायतका उड्डयन अधिकारीहरूको अमैत्रीपूर्ण निर्णय’को संज्ञासमेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्