
काठमाडौं । युइएफएले आफ्नो प्रमुख फुटबल खेल, च्याम्पियन्स लिगको फाइनल रुसमा नगर्ने भएको छ ।
शुक्रबार बसेको युइएफए कार्यकारी समितिको आपतकालीन बैठकले यसअघि रुसको सेन्ट पिटर्सबर्गमा गर्ने तय भएको खेल सुरक्षा स्थितिको गम्भीर भएको बताउँदै पेरिसमा सार्ने निर्णय गरेको हो ।
‘खेल मे २८ मा पेरिसको स्टेड दि फ्रान्समा हुनेछ,’ युइएफएले विज्ञप्तिमा भनेको छ ।
युरोपेली क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित खेल अतुलनीय संकटको समयमा फ्रान्समा सार्ने प्रतिबद्धताको लागि राष्ट्रपति इमानुएल म्याक्रोनलाई युइएफएले धन्यवाद दिएको छ ।
यस्तै आपतकालीन बैठकले रसिया र युक्रेनी राष्ट्रिय टोलीका खेलहरू तटस्थ मैदानमा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकमा युरोपभरबाट रसियालाई प्रतिस्पर्धाबाट प्रतिबन्ध लगाउन र रूसी राज्य–स्वामित्वको ऊर्जा कम्पनीसँगको प्रायोजन सम्झौता रद्द गर्न दवाव आएको विषय पनि उठेको थियो ।
यद्यपि यसबारेमा पनि युइएफएले कुनै निर्णय लिएको छैन ।
प्रतिक्रिया दिनुहोस्