
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ ।
दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा सहभागी दलहरुमा नै एकमत नभएपछि राजनीतिक दलका शीर्ष नेताहरुको दौडधूप बढेको छ ।
प्रधानमन्त्री देउवा जसरी पनि चाँडो भन्दा चाँडो एमसीसी संसदबाट पास गर्नुपर्ने अडानमा हुनुहुन्छ भने माओवादी र नेकपा एककिृत समाजवादी संसोधन नगरी पास नगर्ने अडानमा छन् ।
जसका कारण सत्ता गठबन्धन समेत टुट्न सक्ने आंकलन गरिरहेका बेला देउवा र दाहाल भेटवार्ता भएको हो । अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच एमसीसीका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परियारले इमेजखबरलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्