
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाम नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीतिको बारेमा गम्भीर छलफल भएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
गौतमले केही महिना अघि अमेरिकालाई एमसीसी फिर्ता लैजान सुझाव दिँदै विज्ञप्ति निकाल्नुभएको थियो । माओवादी अध्यक्ष दाहाल पनि एमसीसीको विपक्षमा हुनुहुन्छ ।
गठबन्धन सरकार बनेपछि अध्यक्ष दाहाल र गौतमबीच भेट भएको थिएन ।
प्रतिक्रिया दिनुहोस्