२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमसीसीमा वादविवाद होइन, संसदले निर्णय गर्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे


156
Shares

धनकुटा । नेपाली कांगे्रसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले एमसीसीको विषयमा संसद्ले निर्णय गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको जिल्ला समितिले धनकुटामा आयोजना गरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले एमसीसीको विषयमा वादविवाद गर्नुभन्दा संसदलाई निर्णय गर्न दिनुपर्ने बताउनुभयो ।

धेरैवटा सरकारले अघि बढाएर यहाँसम्म ल्याइसकेकाले यसलाई निकास दिनुपर्ने उहाँको भनाइ छ ।

साथै, सहमहामन्त्री आङ्देम्बेले कम्युनिष्ट पार्टीका नेताले देखाउने दोहोरो चरित्रका कारण नेपाली जनताले दुःख पाएको टिप्पणी गर्नुभयो ।

कम्युनिष्ट पार्टीको ध्यान देश विकास गर्ने भन्दा पनि निजी स्वार्थ पूर्तिमा लाग्ने भएकाले विकासका ठूला आयोजनाहरूमा विवाद हुने उहाँको भनाइ छ ।