२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


रुसले आफूमाथि आक्रमण गर्न सक्ने युक्रेनका राष्ट्रपतिको दावी


0
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले रातको समयमा आफूलाई आक्रमण हुन सक्ने बताउनुभएको छ ।

उहाँले एक भिडियो सन्देश जारी गर्दै रुसी सेनाले रातको समयमा आफ्नो राजधानी कब्जा गर्न सक्ने बताउनुभएको हो । दिन भन्दा रातको समय आफ्ना लागि पीडादायी भएको भन्दै राष्ट्रपति जेलेन्स्कीले सुरक्षित रहन आम-नागरिकलाई अपीलसमेत गर्नुभएको छ ।

उहाँले आफ्नौ सुरक्षा फौज तथा आम नागरिकलाई सम्बोधन गर्दै रातको समयमा रुसी सेनाले धेरै शहर कब्जा गर्ने रणनीति लिएर पनि धैर्य भएर तिनीहरुलाई परास्त गर्न आग्रह गर्नुभएको छ । यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परीषदको बैठकमा रुसले भिटो प्रयोग गरेको छ ।

सो छलफलमा रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमाथि उसले भिटो प्रयोग गरेको हो । प्रस्तावको पक्षमा ११ सदस्य राष्ट्रले मतदान गरेकाथिए । भारत, चीन र युएई भने अनुपस्थित थिए ।

राष्ट्रसंघको स्थायी सदस्यको रुपमा रहेको रुसले भिटो शक्ति प्रयोग गरेको उसको कदमको आलोचना गर्ने प्रस्ताव अुफल भएकोछ ।