
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले पुछारको नर्विच सिटीलाई पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २–० ले पराजित गरेको हो ।
साउथह्याम्पटनका लागि चे एडम्स र ओरिओल रोमेउले एक एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा रोमेउले गोल गर्दै टोलीलाई २–० को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्