
काठमाडौं । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका -१ का वडाध्यक्ष नवराज कार्कीको शुक्रबार राति मोटरसाइकल दुर्घटनाका कारण मृत्यु भएको छ ।
कार्कीकाे मृत्यु पश्चात आज शनिबार मृतका परिवार र स्थानीय बासिन्दाले उपचारमा लागेको खर्च व्यहोर्नुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने तथा उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
साे विरोध प्रदर्शनका कारण कर्णाली प्रदेश प्रवेशको मुख्य नाका छिञ्चु बजार बन्द भएकाे भेरीगंगा नगरपालिका मेयर भुपेन्द्र बहादुर चन्दले ईमेजखबरलाई बताउनुभयो । यहि फागुन ८ गते सुर्खेतको छिञ्चु बजार नजिक फोर्स गाडीले कार्की सवार मोटरसाईकललाई ठक्कर दिएकोथियो।
साे दुर्घटनामा ३० वर्षीय कार्की गम्भीर घाईते भएकाथिए । शुक्रबार राति काठमाडौं स्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो । प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरिरहेकाे भेरीगंगा नगरपालिका मेयर चन्दले बताउनुभयाे । मुख्य नाका बन्द हुँदा कर्णाली प्रदेश आउने र बाहिर जाने सम्पूर्ण यातायातका साधनहरू समेत ठप्प भएका छन् ।
सहमतिका लागि छलफल भइरहेको र मृतका परिवारलाई उचित क्षतिपूर्ति दिने याेजना भइरहेकाे भेरीगंगा नगरपालिका मेयर भुपेन्द्र बहादुर चन्दले बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्