
काठमाडौं । आफ्ना ग्राहकलाई नौलो अनुभूति दिलाउनका लागि दुनियाँमा अनेक खालका होटल खुलेका छन् । पानीमुनि बनेका विश्वमा ८ अनौठो होटल खुलेका छन् ।
समुन्द्रको नीलो पानीमा तैरिरहेको जीवहरुको सुन्दर संसारलाई हेरेर सुत्नुको पनि छुटै मजा छ । यस्तै दुबई, सिंगापुर, अस्ट्रेलिया, तंजानिया र अन्य देशहरुमा पानीभित्र ठुला र राम्रो होटल खुलेका छन् । जसको कल्पनाले पनि आनन्दित बनाउँछ ।
यी हुन् दुनियाँकै सबैभन्दा राम्रो ८ पानीभित्रका होटेलः
इन्टरकन्टिनेन्टन सांघाई वन्डरल्याण्ड (चीन) : यो होटल चीनमा अवस्थित छ । यो होटल संघाईको केन्द्रबाट करिब २० माइल टाढा सोङजियाङमा बनेको छ । यसको माथिल्लो तहका कोठाहरु र भव्य बालकनीहरुबाट बगिरहेको झर्नाको मनमोहक दृष्य देख्न सकिने छ । होटलमा दुईओटा पानी मुनिको फ्लोरहरु छन् जहाँबाट तपाई पानी मुनिको दृष्य देख्न सक्नुहुनेछ । यसभित्र रेस्टुरेन्ट र स्विमिङ पुलको व्यवस्था पनि रहेको छ ।

रिसोर्ट वर्ल्ड सेन्टोसा (सिङ्गापुर : रिसोर्ट वर्ल्ड सिंगापुरको तटको सेन्टोसा टापुमा बनाइएको छ । यहाँ बस्नका लागि ११ तले लजहरुको व्यवस्था रहेको छ । यहाँ बस्ने मान्छेहरुले रातभर पानी र खुल्ला आकाश मुनि को संसारको अनुभव लिन सकिन्छ । होटलको तल्लो भागमा लगभग ४० हजार माछाले भरिएको एक्वरियम देख्न सकिन्छ ।

मान्ता रिसोर्ट, पाम्बा (आइसल्यान्ड) : तन्जालियामा अवस्थित यो रिसोर्ट जान्जीबार समुन्द्र तटमा निर्मित छ । मान्ता रिसोर्टको पानीमुनीको कोठा समुन्द्र तटबाट करिब दुई मिनेट टाढा छ । जसका तीनओटा तहहरु छन् । त्यहाँबाट कोरल चट्टानको दृष्य, आर्कषण बेडरुमका साथै छतबाट देखिने दृष्यहरुको मजा लिन सकिनेछ ।

हुवाफेन फुशी (माल्दिभ्स) : हिन्द महासागरमा स्थित हुवाफेन फुशीको होटल अत्याधिक आर्कषक छ । तर, यो पानीमुनी नभएतापनि यसमा बनाइएको स्पा मुनि लगभग २५ फिट तल गहिराइमा जान सकिन्छ ।

मुराका, कोनराड माल्दिभ्स रंगाली (आइसल्यान्ड) : सन् २०१८ मा कोनराडको रंगाली आइसल्याण्ड मुराकको सुरुवात भएको हो । अन्डरवाटरको सतहबाट १६ फिट तल बनाएको छ । यसमा लिविंग एरिया छ भने अर्काे सानदार बेडरुम रहेको छ । बेडरुमको सिसाबाट माहासागरको राम्रो दृष्य देख्न सकिन्छ । यसमा लगभग ९ जनासम्म एकैपटक सुत्न मिल्छ ।

रिफसुट्स, विटसन्डे आइल्याण्ड (अष्ट्रेलिया) : अस्ट्रेलियामा रहेको यो रिफसुट्स अन्डरवाटर हेर्दामा आर्कषित र भव्य छ । त्यहाँ गएका मान्छेहरु पहिला क्वीन्सल्याण्डबाट पेन्टुन नामक डुङ्गामा ४६ माइल टाढा त्यस ठाँउमा पुग्छन् । त्यपछि भुँइदेखि छतका झ्याल भएका कोठाहरु जसबाट बाहिर माछा पौडिरहेको देख्न सकिन्छ ।

एटलान्टिस, पाम (दुबई) : दुबईमा रहेको यो अन्डरवाटर होटल जमिन देखि छतसम्म झ्याल भएको ठुलो पनीभित्रको रुम देख्न सकिन्छ । यस रुमबाट करिब ६५ हजार समुन्द्री जीवहरुको देखन सकिन्छ । यहाँ आउनेहरुलाई करिब ३० मिनेटको लागि ट्रेनिङ दिने गर्दछन् । यो २४ घण्टानै ग्राहकको लागि खुल्ला गरिएको हुन्छ ।

उटर इन, वस्तेरास (स्वीडेन) : स्वीडनमा रहेको यो अन्डरवाटरमा रहेको चैम्बर होटल जस्तो राम्रो र लग्जरी त छैन् तर, बेडरुम, टेबल र सबै आधारभूत सुविधाहरुले यसलाई रोमान्टिक ठाँउ बनाएको छ । यसको पानिमुनिको हरेक दिशामा झ्यालको व्यवस्था रहेको छ । यहाँ काठबाट बनेको छत पनि छ ।

प्रतिक्रिया दिनुहोस्