२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

१ सय ५५ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु


104
Shares

काठमाडौं । देशभर थप १ सय ५५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजार १ सय ५२ जनामा गरिएको परीक्षणमा १ सय ५५५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ ।

सोही समयमा ५ सय ४० जना संक्रमणमुक्त हुँदा ८ हजार ८ सय ३९ सक्रिय संक्रमित छन् ।