२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देशभरका पालिकामा रंगशाला बनाउने सरकारको नीति : मन्त्री गहतराज


221
Shares

बर्दिया । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नेपालका ७ सय ७३ पालिकामै खेलकुदका लागि रंगशाला बनाउने सरकारी नीति रहेको बताउनुभएको छ ।

बर्दियाको रमजमपुरमा आयोजित १४औं राष्ट्रपति रनिङसिल्ड छनाट प्रतियोगिता तथा तेश्रो मेयरकप उद्धाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

खेल स्वास्थ्यका लागि अपरिहार्य भएको भन्दै मन्त्री गहतराजले खेल क्षेत्रको संरक्षणमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बर्दिया थारु संस्कृतिको धनी रहेको भन्दै उहाँले यहाँको पर्यटकीय विकासका लागि तीनै तहको सरकारले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

बर्दिया राष्ट्रिय राजमार्गमा जोडिएसँगै सुगमतातर्फ गइसकेको मन्त्री गहतराजले बताउनुभयो । राजापुर कृषि क्षेत्रको राजा भएकाले त्यस क्षेत्रलाई कृषि हबको रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

मेयर कपमा १५ विद्यालय सहभागी थिए ।