
काठमाडौं । सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गर्नु भएको छ ।
सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भईरहेको बताउनुभयो ।
शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
‘हामी छलफल गरिराखेका छौं, समस्याको समाधान हुन्छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन टुट्दैन, सहमतिको बाटोबाटै अघि बढछ ।’
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन टुटाउन विभिन्न प्रयास भइरहेको बताउँदै आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्