
काठमाडौं । अमेरिकी सहयोग सम्झौता ’एमसिसी’ पारितबारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज बैठक बस्दैछ ।
सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय लिन बैठक डाकेका हुन ।
माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा अहिले बिहान बस्दै छ भने एकीकृत समाजवादीले ११ बजे सचिवालय बैठक बोलाएको छ ।
एमसीसी सम्झौताबारे विवादमा आएका बूँदाहरुलाई कानुन ब्यवसायीहरुले ब्याख्यासहितको टिप्पणी तयार पार्ने र सोही ब्याख्यामा टेकेर सम्झौता पारित गर्ने गरी बैठक डोकेको बुझिएको छ । तर, यी दुवै पार्टीभित्र एमसीसीको चर्को विरोध रहेकाले नेतृत्वलाई संस्थागत निर्णय गराउन हम्मेहम्मे पर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्