
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति शिर्ष स्थानको म्यान्चेस्टर सिटीले एभर्टनलाई १–० ले पराजित गरेको छ ।
एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीको लागि फिल फोडेनले ८२ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै सिटीले दोस्रो स्थानको लिभरपुलमाथिको अग्रता बढाएको छ । लिगमा २७ खेलबाट सिटीको ६६ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ६० अंक छ ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले लिड्स युनाइटेडलाई ४–० ले पराजित गर्दा म्यान्चेस्टर युनाइटेडले वाट्फोर्डसँग गोलरहित बराबरीमा चित्त बुझाउनुप¥यो ।
शनिबार राति नै भएका अन्य खेलहरुमा न्युकासल युनाइटेडले ब्रेन्टफोर्डलाई, एस्टन भिल्लाले ब्राइटनलाई तथा साउथह्याम्पटनले नरिच सिटीलाई २–० ले पराजित गरेका छन् । क्रिष्टल प्यालेसलले बर्नलेसँग १–१ गोलको बराबरी खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्