१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भीर घाइते


195
Shares

काठमाडौं । बझाङको बुङगल नगरपालिका ३ जुगेपानीमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिजगाडाबाट रमलेकतर्फ जाँदै गरेको से १ त १४४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्थानीय ३८ वर्षीय जय बहादुर बोहराको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै, दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही स्थानका ४० वर्षीय हर्क बहादुर बोहरालाई उपचारका लागि धनगढी लगिएको छ ।

ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट बिजगाडाले जनाएको छ ।