६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीस्थित दूतावासको भनाई

आवश्यक कागजात लिएर पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रुमानियातर्फ जान आग्रह

585
Shares

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।

युक्रेनमा रहेका नेपालीहरु मध्ये अहिलेसम्म २२५ जना सम्पर्कमा आएको र उनीहरु सुरक्षित रहेको दूतावासले जनाएको हो ।

केही नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियातर्फ गईरहेको पनि दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१५ जना पोल्याण्ड, ३ जना स्लोभाकिया, २ जना हंगेरी र १ जना रोमानिया प्रवेश गरेको विवरण बर्लिन दूतावासले दिएको छ । २३ जना स्लोभाकिया र २ जना रोमानिया जान बाटोमा रहेको तथा १ सय जनाभन्दा बढी पोल्याण्डतर्फ गईरहेको पनि दूतावासले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण थालेपछि विदेशी नागरिकहरुका लागि पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ–आफ्ना देशका सिमाना खुला गरेका छन् ।

हेर्नुहोस् दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्ति :