१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पर्सामा हत्या अभियोगमा एक पक्राउ


143
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बर्ष ३४ का दीपक कुमार महरा रहेका छन ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलबरिया टोलका ४६ वर्षिय प्रेमचन्द्र महराको हत्या अभियोगमा दिपक महरा पक्राउ परेका हुन ।

फुलबरिया टोलमा गाइपालन गर्दै आएका प्रेमचन्द्रको शव फागुन १३ गते फेला परेको थियो । हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।