
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १४ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज ४० रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्