
काठमाडौं । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको चार दलका शीर्ष नेताहरूको बैठकले एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
उहाँले अहिलेसम्म उठेका सबै आशंकाका विषयलाई समेटेर व्याख्यात्मक घोषणा तयार पारिएको पनि बताउनुभयो ।
आज बस्ने प्रतिनिधिसभाको बैठकको पहिलो चरणको बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक बसेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बताउनुभयो ।
आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्