२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रुसले युक्रेनमा गरेको आक्रमण विरुद्ध उभिईन रुसी राष्ट्रपति पुटिनकी धर्मपुत्री


8.684k
Shares

काठमाडौं। रुसले युक्रेनमाथि गरेको आक्रमणको रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनकी धर्मपुत्रीले समेत विरोध गरेकी छिन् ।

रुस र युक्रेनबीच बिगत ५ दिनदेखि युद्ध जारी छ । रुसले युक्रेनका विभिन्न शहरलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विश्वका धेरै देशले विरोध पनि गरिरहेका छन् । स्वयं केही रुसी नागरिकहरुले पनि रुसको आक्रमणको निन्दा गरिरहेका छन् ।

समाजिक सञ्जालमा रुसीहरुले ‘नो वार’ ह्यासट्यागका साथ प्रचार गरिरहेका छन् । जसमा रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनकी धर्मपुत्री पनि समाबेस रहेकी छिन् । रुसी राष्ट्रपति पुटिनले युद्धको आदेश दिएपछि रुसी सेनाले युक्रेनका विभिन्न शहरलाई निसाना बनाएका छन् । यस युद्धमा दर्जनौले ज्यान गुमाएका छन् ।

बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार रुसी राष्ट्रपति पुटिनकी धर्मपुत्री केसेनिया सबचक र रुसी कलाकारहरुले युक्रेनमाथि आफ्नो देशले गरेको आक्रमण विरुद्ध सर्वजनिक रुपमा आक्रोश व्यक्त गरेका छन् । सबचक रुसकी समाजबादी धारकी नेतृ हुन् । उनी राष्ट्रपति पदको उममेदवार समेत बनेकी थिईन् । रुस र युक्रेनबीचको युद्धलाई लिएर सोसल मीडियामा सबचकले लेखेकी छिन् –‘युद्ध सुरु भइसकेको छ, यो युद्ध हाम्रो भूमिमा होइन तर, हाम्रा जनतासँग भएको छ । रुसीहरुले आउने केही वर्ष सम्म आजको परिणमको सामना गर्नुपर्छ’ ।

रुसी कलाकार,खेलाडी, सामाजिक अभियन्ता लगायतले समेत युक्रेनप्रति सहाभुति राख्दै रुसी आक्रमणको निन्दा गरेका छन्

एजेन्सीको सहयोगमा