६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


एमसीसी नेपालको विकासमा उपयोग गरौं : मिनेन्द्र रिजाल


182
Shares

काठमाडौ । नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अमेरिकाको एमसीसीमात्रै नभएर भारतको बिआरआइबाट पनि सहयोग लिएर नेपालको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आईतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसद रिजालले व्याख्यात्मक टिप्पणीले अमेरिकाको एमसीसी संशोधन र परिमार्जन गर्न नसक्ने बताउनुभयो । उहाँले सत्ता साझेदार दलले आफ्नो व्यवहारमा एकरुपता ल्याउनु पर्नेमा जोड दिनुभयो । सांसद रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले लचकता देखाएको भन्दै सत्ता गठबन्धनमा सहभागी दलले नै एकातिर हस्ताक्षर गरेर अर्काेतिर सडकमा आन्दोलन गर्ने काम बन्द गर्नुपर्ने बताउनुभयो ।