१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्रिपरिषदले पारित गर्‍यो एमसीसी माथिको व्याख्यात्मक घोषणा


923
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) को व्याख्यात्मक घोषणा पारित गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमै बसेको मन्त्रिपरिषद बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणाको प्रस्तावना प्रस्तुत गरेर पारित गरेको एक मन्त्रीले इमेजखबरलाई जानकारी दिए । आइतबार प्रतिनिधि सभामा एमसीसी माथि सैद्धान्तिक छलफल सकिए लगत्तै प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक कक्षमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

मन्त्रिपरिषदबाट पारित ब्याख्यात्मक घोषण अहिले बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुनेछ । त्यसपछि आजै प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन हुनेछ ।