१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादीका अध्यक्ष प्रचण्डले आज विशेष सम्बोधन गर्ने


2.171k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज सोमबार पत्रकार सम्मेलन मार्फत विशेष सम्बोधन गर्नुहुने भएको छ ।

आइतबार बेलुका प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित भए पश्चात विकसित राजनीतिक घटनाक्रमका विषयमा उहाँले सम्बोधन गर्नलाग्नु भएको माओवादीका एक नेताले ईमेजखबरलाई बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले आज सोमबार अपराह्न ३ बजे उहाँकै निवास खुमलटारमा विशेष सम्बोधन गर्नुहुने भएको छ ।