
काठमाडौं । दोस्रो संस्करणको ललितपुर मेयर्स कप टी– टी–ट्वान्टी महिला च्याम्पियनसिपको फाइनल खेल आज सोमबार हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आजै दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् ।
पाँच टोली सहभागी प्रतियोगितामा एपीएफ शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । एपीएफले ४ खेलमा ४ जितसहित ८ अंक जोडेको थियो । सुदुरपश्चिमले ४ खेलमा ३ जितसंहि ६ अंक जोड्यो, दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।
गत वर्ष पनि फाइनलमा एपीएफ र सुदुरपश्चिम भिडेका थिए ।
त्यस फाइनलमा सुदुरलाई ८ विकेटले हराएर एपीएफले उपाधि जितेकोथियो ।
प्रतिक्रिया दिनुहोस्