
संखुवासभा । संखुवासभा जिल्लामा सञ्चालित जिल्ला स्तरीय खुल्ला धनुषवाण हान्ने प्रतियोगिताको उपाधि थाङ्मुछीले हात पारेका छन् ।
३ दिनसम्म सञ्चालन भएको खेलमा थाङ्मुछीलले ५ हजार २ सय ४० अंक ल्याई प्रथम उपाधि जितेका हुन् । भोटखोलाकै पाङदोक (ए) दोस्रो र हटिया गाउँ तेस्रो भएका थिए । पाङ्दोक (ए)ले ४ हजार ८ सय ७० अंक ल्याए भने हटियाले ४ हजार ४ सय ८० अंक मात्र ल्याएका छन् । चौथो स्थान ६ सय ६० अंक ल्याई रिदाकले हात पारेका आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले बताउनुभयो ।
२१ सय ४९औं ग्याल्बो ल्होसार पर्वको अवसरमा संखुवासभाको सदरमुकाम स्थित खाँदबारी रंगशालामा भएको खेलमा धनुषवाण खेल प्रेमिहरुको सहभागिता थियो ।
जिल्लामा नै पहिलो पटक आयोजना भएको प्रतियोगितामा जिल्लाभित्रका ११ टिमले सहभागीता जनाएका थिए ।आर्चरी खेल भोटे समूदायमा लोकप्रिय मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्