२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उम्मेदवार आ–आफ्नो अडानबाट पछि नहटेपछि कांग्रेस कैलालीमा मतगणना ढिलाई


208
Shares

काठमाडौं–नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिका लागि भएको मतदानको मतगणना अझै सुरु हुन सकेको छैन ।

आइतबार जिल्ला सभापतिका लागि निर्वाचन भएको थियो । आइतबार ढिला गरी मतदान सकिएकाले सोमबार बिहान १० बजेबाट मतगणना शूरु गर्ने भनिएको थियो ।सभापतिका उम्मेदवारबीच सहमति हुन नसकेपछि मतगणना गर्न ढिलाई भएको हो ।
संस्थापन पक्षका नारायणदत्त भट्ट र प्रकाशबहादुर बम तथा इतर पक्षबाट रामबहादुर कलेलले प्यानलसहित उम्मेदवार दिएका थिए। पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा भट्टले निर्वाचन क्षेत्र अनुसार क्रमैसंग मतगणना गर्नुपर्ने बताउनु भएको र बमले सबै निर्वाचन क्षेत्रको मतपत्र एकैचोटी मिसाएर गणना गर्नु पर्ने अडान राखेपछि मतगणनामा ढिलो भएको कांग्रेस कैलालीका एक नेताले इमेजखबरलाई जानकारी दिए ।

मत परिणाम सुन्नका लागि कैलाली कांग्रेसका नेता कार्यकर्ता जिल्ला पार्टी कार्यालय कैलाली परिसरमा भेला भएका छन् ।