१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदभवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय, कुकरभित्र इँट्टा र कागज


624
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।

सोमबार संसद भवनअघिको मुल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको हो । कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको थियो ।

कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले जानकारी दिनुभयो । उहाँले प्रेसकुकर तर्साउनका लागि भएको र कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ नभएको स्पष्ट पार्नुभयो ।

आइतबार संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहत अन्य ६ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका थिए ।