२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


४३ अंकले घट्यो नेप्से


26
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४३ दशमलव १० अंकले घटेको छ ।

कारोबार बढेर सुरू भएपनि अन्तिम समयमा ४३ अंकभन्दा बढीले घट्दै परिसूचक २६१० अंकमा झरेको हो ।

सोमबार नेप्सेमा ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक दोहोरो अंकले घटेको दिन सबै समूहमा गिरावट आएको छ ।

सबैभन्दा बढी जीवन बीमा समूहमा २९५ अंकको गिरावट आएको छ भने निर्जीवन बीमा समूहमा २६८ अंकको गिरावट आएको छ ।

यसैगरी, उत्पादनमूलक समूहमा १२९ अंकको तथा जलविद्युत समूहमा १०२ अंकको गिरावट आएको छ । आज सामलिङ पावर कम्पनी र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

यी दुई कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।