
काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोखरेल निर्वाचित हुनुभएको छ ।
स्वतन्त्र हैसियतमा निर्वाचनमा होमिएका पोखरेलले शेखर कोइराला समूहका उज्ज्वलप्रसाद बराललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो ।
पोख्रेलले ८८५ तथा बरालले ४७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
आइतबार भएको निर्वाचनमा सभापतिमा पाँच जना उम्मेदवार रहेका थिए । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त प्राप्त गर्न नसकेपछि सोमबार पुनः मतदान गरिएको थियो ।
यसअघि सभापति पदका लागि आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्