
web pic
काठमाडौं । चितवनको राप्ती नगरपालिका–४ डडुवामा सोमबार राति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ३४ बर्षीय केदार चौलागाईको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो ।
सवारी दुर्घटना लगत्तै सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्