१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रदेश–५ मन्त्रिपरिषदद्वारा विभिन्न संघ–संस्थालाई ५४ लाख अनुदान दिने निर्णय


0
Shares

केशव भण्डारी (इमेज)

बुटवल, साउन २३ । प्रदेश नम्बर–५ को मन्त्रिपरिषदले स्थानीय विभिन्न संघ–संस्थालाई आर्थिक रकम सहयोग दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको बुधबार बुटवलमा बसेको बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्यूट (बीटीआई)लाई १० लाख, बाल मन्दिरलाई दुई लाख र बुटवल महिला जेसिस तथा मगर महिला संघलाई एक/एक लाख गरी ५४ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।

ती संघ–संस्थाका भवन प्रदेश सरकारले प्रयोग गरेपछि संघ–संस्थालाई अरु स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको प्रदेश–५ सरकारका प्रवक्ता तथा मन्त्री बैजनाथ चौधरीले बताए ।

यस्तै, बैठकले प्रदेश योजना आयोगमा रहने सदस्यहरुका लागि आवश्यक न्यूनतम् उमेर हदलाई ४० बाट ३५ वर्षमा झारेको छ ।

यसैगरी, बैठकले दाङ जिल्लाको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तनको प्रस्तावलाई संघीय सरकारमा पठाउने निर्णयसमेत गरेको छ ।