
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो ।
आजको बैठकमा हुने कार्यक्रमको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख अग्नि सापकोटाले आफ्नो निर्णय सदर गर्दै सांसद पदबाट बर्खास्त नगरेको भन्दै भदौदेखि प्रतिनिधिसभाका हरेक बैठकमा नाराबाजी र अवरोध गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्