
काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने टोटेनहम हटस्पर भने बाहिरिएको छ ।
मंगलबार राति भएको खेलमा सिटीले पिटरर्सब्रग युनाईटेडलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
सिटीको जितमा रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल गरेका थिए ।
वेस्टन होम्स स्टेडियम गएराति भएको खेलमा घरेलु टोलीले यो सिजनको प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । सिटीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको जित पक्का गरे ।
अर्काे खेलमा मिडल्सब्रगसँग १–० ले पराजित हुँदै टोटेनहम एफए कपको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । मिडल्सब्रगका जोस कोवर्नले १०७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यस्तै, अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । क्रिस्टलका लागि चेकइहोउ कोउयाट र जाइरो राइडवाल्डले गोल गरे भने स्टोकका लागि जोस टेमोनले एक गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्