
web pic
काठमाडौं । दार्चुलाको व्याँस गाउँपालिका–४ मा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दोखटबाट डोबतर्फ जाँदै गरेको से २ त १७९९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार बझाङको बित्थडचिर गाउँपालिका–२ का २३ वर्षीय बिरेन्द्र खड्काको मृत्यु भएको हो ।
ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेको हो ।
दुर्घटना पश्चात् ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय हुतीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्