
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ ।
श्रेष्ठलाई भेट्न महासचिव विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुग्नु भएको हो ।
एमसीसी सम्झौताको संसदीय अनुमोदनपछि पार्टीभित्रै तीब्र असन्तुष्टि व्यक्त गरिरहेका नेता श्रेष्ठसँग विप्लवको भेटलाई चासोको साथ हेरिएको छ ।
एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् ।
यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रेष्ठलाई भेट्नु उहाँको निवास पुग्नु भएको थियो । प्रचण्डले आज पनि श्रेष्ठसँग छलफल गर्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्