१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु


104
Shares

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–६ मा मंगलबार राति ट्रयाक्टरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

प्रदेश १–०२–००३ त नम्बरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मन्दिर परिसरमा बसीरहेको गढी–६ का ७० बर्षीय हरीलाल मगरदैताको मृत्यु भएको हो ।

ट्रयाक्टर पछाडि सार्ने क्रममा ट्रयाक्टरको डालाले ठक्कर लागि घाइते भएका मगरदैताको उपचारको क्रममा विराटनगर स्थित विराटनर्सिङ होम अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रयाक्टर र चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।