
काठमाडौं । गत सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंस्कास्पद प्रेसकुकर राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेका सुवास महतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी विप्लवका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।
एमसीसी संसदबाट अनुमोदन गरिएको विरोधमा गत सोमबार विप्लव नेतृत्वको नेकपासहित ६ पार्टी र २ मोर्चाले संयुक्त रूपमा नेपाल बन्द घोषणा गरेका थिए ।
त्यही दिन बिहान संसद् भवनको मुख्य गेट अगाडि सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो ।
नेपाली सेनाको टोलीले निष्क्रय बनाउने क्रममा त्यो तर्साउन बमजस्तो बनाएर राखिएको पत्ता लागेको थियो ।
पक्राउ परेका महत अनेरास्ववियू क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्