१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौंदेखि धनकुटासम्मको म्याराथन गर्दै धावक लिम्बु


195
Shares

धनकुटा । धनकुटाका धावक देविन्द्र खेवा लिम्बु ‘डेविड’ले काठमाडौंको दशरथ रंगशाला देखि धनकुटाको तल्लो टुँडिखेलसम्म एकल म्याथुन दौड गर्ने भएका छन् ।

धनकुटामा बुधबार पत्रकार सम्मेलन गर्दै धावक लिम्बुले फागुन ३० गतेदेखि सुरु गरेर चैत ५ गतेमा दौड पूरा गर्ने जानकारी दिए ।

‘स्वाथ्यका लागि दौड र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ युवालाई स्वाथ्यका लागि सचेत गराउनुका साथै खेलकुदप्रति आकर्षण गराउन एकल म्याराथन गर्न लागेको उनले बताए ।

धनकुटासहित प्रदेश १ लाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म पहिचान दिलाउन आफू दौड्न लागेको उनको भनाइ छ ।