१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु


793
Shares

अर्घाखाँची । ट्याक्टर दुर्घट्ना हुँदा जिल्लामा एक युवकको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–४ नुगाली टोलामा लु ४ प २७ ९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका स्थानीय २७ वर्षीय कमल विक(प्रेम)को मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ट्याक्टरमा चालक सहित ३ जना सवार रहेकोमा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते भएका चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

ट्याक्टर सडक देखि करिव १ सय मिटर तल खसेको थियो । दुर्घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।