१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हुम्लामा प्रतिकिलोमिटर १० रुपैयाँसम्म भाडादर निर्धारण


52
Shares

काठमाडौं । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दूरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ ।

प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै सडकमा चल्ने यातायात साधनको भाडादर कायम गरेको छ । हुम्लामा रुट कायम तथा कच्ची सडकमा सञ्चालन हुँदै आएको भाडादरमा एकरुपता कायम गर्न जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेकोे हो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिधि, नागरिक समाज, व्यवसायिक संस्थालगायतकाको उपस्थतिमा बसेको बैठकले सडक सञ्जालसँगै नजोडिएको हुम्लामा बाटो इजाजत पत्रविना गाडी सञ्चालन भइरहेको र मनपरी भाडा असुल्ने कार्य भएको भन्दै निर्णय गरेको हो ।

जिल्लाका कच्ची सडकको अवस्था, अस्थायी बाटो कायम तथा भाडादरमा एकरूपता ल्याउन जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगरले परिपत्र गरेको थियो ।

हुम्लामा कतिपय गाडी अनुमतिविना सञ्चालन भएका, कालो प्लेटसमेत नभएका र रातो प्लेटमा काम चलाउँदै आएका छन् । बैठकले जिल्लाको तल्लो क्षेत्रमा प्रति किलोमिटर ८ रुपैयाँ र माथिल्लो क्षेत्रमा १० रुपैयाँ भाडादर कायम गरेको छ ।