
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को टी–२० विश्व वरियतामा छलाङ मारेका छन् ।
कुशल ब्याटिङतर्फ नयाँ वरियतामा ३१औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ३९औं स्थानमा थिए । बलिङतर्फ ४३औं स्थानमा रहेका कप्तान सन्दीप ३६औं स्थानमा उक्लिएका छन् ।
यसअघि ८६औं स्थानमा रहेका तीव्र गतिका बलर अभिनाश बोहरा ८२औं स्थानमा छन् । दीपेन्द्रसिंह ऐरी भने एक स्थान घटुवा भएका छन् । यसअघि ४९औं स्थानमा रहेको ऐरी अहिले ५०औं स्थानमा छन् ।
दुई साताअघि आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’मा उच्च प्रदर्शन गरेपछि खेलाडीले वरीयतामा सुधार गरेका हुन् ।
नेपाल विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप गुमाएको थियो । टि–२० वरियतामा नेपाल १३औं र एकदिवसीयमा १६ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्